बजार संक्षेप

सिटिजन्सको एटिएम १८ नम्बर बाहिनीमा

  नागरिक   2019-12-27

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाटस्थित १८ नम्बर बाहिनी अड्डा, भुल्केमा एटिएम सेवा सुरु गरेको छ । १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी कृष्णप्रसाद सापकोटाले बिहीबार एक कार्यक्रमबीच उक्त एटिएम उद्घाटन गरेको बैंकले जनाएको छ । 
यो एटिएमले उक्त बाहिनी अड्डाका सैनिक र वरपरका सेवाग्राही लाभान्वित हुने बैंकले जनाएको छ । सिटिजन्सले ८५ शाखा, त्यत्तिनै संख्याका एटिएम र एक सय दुई शाखारहित एकाइबाट सेवा दिइरहेको छ । 
 

यसमा तपाईको मत