बजार संक्षेप

सिटिजन लाइफले बिमा रकम दियो

  नागरिक   2019-12-16

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सको जीतपुर शाखाले बिमा दाबी बापत एक करोड ५० हजार भुक्तानी गरेको जनाएको छ ।
कपिलवस्तुको बाणगंगामा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी सवारी दुर्घटनामा ज्यान गुमाएका बिमित सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाई एक करोड ५० हजारको चेक हस्तान्तरण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र बाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद चौधरीले उक्त चेक हस्तान्तरण गरेको जनाइएको छ ।
बुटवल–१३ बेलबासका पौडेलले १५ वर्षे बिमा अन्तर्गत ५० लाख रुपैयाँको बिमा गरी पहिलो किस्ता बुझाएका थिए । ३३ वर्षीय पौडेलको सवारी दुर्घटनामा परी कात्तिक ५ गते निधन भएको थियो ।
 

यसमा तपाईको मत