बजार संक्षेप

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

    2019-07-21

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । 
सेवा सञ्चालनको दुई वर्षभित्रै उक्त शुल्क आर्जन भएको कम्पनीले जनाएको छ । आगामी वर्ष नियमनकारी निकायको स्वीकृतिमा ७५ करोड रुपैयाँको सेयर सर्वसाधारणका लागि जारी गर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल कम्पनीले ७९ शाखाबाट सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत