बजार संक्षेप

सिटिजन्स बैंकद्वारा प्रहरीलाई मोटरसाइकल

  नागरिक   2019-09-11

काठमाडौं– सिटिजन्स बैंकले महानगरीय प्रहरी परिसर ललितपुरलाई तीन थान मोटरसाइकल हस्तान्तरण गरेको छ । 
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।
जिल्लामा शान्ति सुरक्षा कायम गरी अपराधमुक्त समाजको निर्माणमा सहयोग पु¥याउन तीन थान यामाहा एफजेडको साँचो प्रहरीलाई हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले निक्षेप तथा कर्जा सुविधा, अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधा ८२ शाखा, ७८ एटिएम र ९९ शाखारहित बैंकिङ एकाइमार्फत दिइरहेको जनाएको छ । 
 

यसमा तपाईको मत