बजार संक्षेप

अग्नी फाउन्डेसनको सहयोगमा बाल तथा नवजात शिशु सघन कक्ष

  नागरिक   2020-01-31

काठमाडौं–नेपालका लागि महिन्द्रा सवारी साधनका आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गतको गैर मुनाफाकारी संगठन अग्नि फाउन्डेसनले विभिन्न सामाजिक कल्याणकारी गतिविधिद्वारा समाजलाई योगदान पुर्याउँदै आएको छ । 
अग्नि फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुद, प्राकृतिक प्रकोपको उद्धार व्यवस्थापन लयातका विभिन्न क्षेत्रमा प्रवद्र्धनात्मक कार्य गर्दै आएको  जनाउदै हालैमात्र अग्नि फाउन्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण÷सुधारका लागि पुर्ण आर्थिक तथा अन्य सहयोग प्रदान गरेको छ ।
त्रिवि शिक्षण अस्पतालस्थित बाल चिकित्सा विभागअन्तर्गत पीआईसीयू र एनआईसीयूको पुनर्निर्माण/सुधारको कार्य सम्पन्न भएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि फाउन्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशक श्रीमती सुुसन वैद्य श्रेष्ठले पुनर्निर्मित बाल चिकित्सा विभागको संयुक्त रूपमा उदघाटन गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फाउन्डेसनले अस्पतालमा भर्ना भएका बालबालिकालाई आफ्नो उपचार र हेरचाहमा सहभागी हुने अधिकार हुने र उनीहरुका छेउमा आमाबुवा साथै रहनु आवश्यक पर्ने कुरामा विश्वास राखेको छ । अस्पतालमा आमाबुवाको निद्रा पूरा हुँदा र आरामले पूरै परिवारका लागि अस्पतालमा भर्ना हुँदाका सकारात्मक अनुभव प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यसमा तपाईको मत