बजार संक्षेप

चेरी टिग्गो ४ प्रो एसयुभी सार्वजनिक

  नागरिक   2021-10-31

शारदा ग्रुपअन्तर्गतको कम्पनी एसपिजी अटोमोबाइल्स चेरी अटोमोबाइल्स कम्पनीको आधिकारिक वितरकको रूपमा नियुक्त भएको छ र एसपिजी अटोमोबाइल्सले नेपाली बजारमा चेरी टिग्गो ४ प्रो एसयुभी सार्वजनिक गरेको छ।

चेरी टिग्गो ४ प्रो एसयुभी तीन भेरियन्ट १.५ लि। नेच्युरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, १.५ लि. नेच्युरल्ली एस्पिरेटेड सिभिटी र १.५ लि. टर्बो चाज्र्ड ९ स्पिड गिएर बक्स सिभिटी इन्जिनमा उपलब्ध छ। नेच्युरल्ली एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलोवाट (११५ पिएस) र १३८ एनएमको अधिकतम टर्क उत्पादन गर्छ भने १.५ लिटर टर्बो चाज्र्ड सिभिटी इन्जिनले अधिकतम पावर ११५ किलोवाट तथा अधिकतम पावर २१० एन एमको अधिकतम टर्क उत्पादन गर्दछ। टिग्गो ४ प्रोको प्रमाणित माइलेज १४.७ किमि प्रतिलिटर रहेको छ।

टिग्गो४ प्रो १.५ लि. को ४६ लाख २० हजार, टिग्गो४ प्रो १५ लि सिभिटीको ५२ लाख ५० हजार र टिग्गो४ प्रो १.५ टर्वो सिभिटीको ५८ लाख ४० हजार मूल्य तोकिएको छ। नयाँ टिग्गो ४प्रो एसयुभीमा ४३१८ एमएम लम्बाइ, १८३० एमएम चौडाइ, २६१० एमएम व्हिलबेस र १६७० एमएमको उचाइ रहेको छ। टिग्गो ४प्रो एसयुभीको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ। यसको बुट स्पेस ३४० लिटरको छ र ३४ वटा विभिन्न स्टोरेज स्पेस पनि उपलब्ध छ।

नयाँ टिग्गो ४प्रो एसयुभीमा नयाँ फ्रन्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल डिजाइन देख्न सकिन्छ। यसमा ५ स्पोक मिरर डिजाइनको १७ इन्च स्पोर्टी व्हिल समावेश गरिएको छ। यसका साथै डायमन्ड इन्टेक ग्रिल, क्रिस्टल डायमन्ड लेन्स एलइडी हेडलाइट, जि–टाइप डिआरएल र साइड स्कर्टले स्पोर्टी लुक्स प्रदान गर्न मद्दत गरेको छ।

यसमा तपाईको मत