बजार संक्षेप

नाडा उपाध्यक्षमा चौधरी

  नागरिक   2020-01-01

काठमाडौं– सिजी मोटोकर्प तथा सिजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी नाडा नेपाल अटोमोबाइल डिलर एसोसिएसनको उपाध्यक्ष चुनिएका छन् । उनी नाडाको सवारी कमिटीको सभापति मनोनित भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
कृष्णप्रसाद दुलाल नेतृत्वको कार्यसमितिमा नयाँ पुस्ताका अटोमोबाइल उद्यमीको बाहुल्य रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नाडामा उनीसहित सबै निर्वाचित पदाधिकारीको कार्यकाल दुई वर्षको हुनेछ ।
 

यसमा तपाईको मत