बजार संक्षेप

चन्द्रागिरिका महाप्रबन्धक शाह सम्मानित

  नागरिक   2021-11-01

बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डसले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको लागि भन्दै चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई सम्मान गरेको कम्पनीले जनाएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मान प्रदान गरेका छन्।

व्यावसायिक र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वलाई सम्मान गर्दै जाने परम्परा अनुरूप उक्त सम्मानबाट शाहलाई सम्मानित गरिएको वर्ल्ड बुक अफ रेकर्डस नेपाल च्याप्टर प्रमुख सागर कटुवालले बताए।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्ट लगायत पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ।

यसमा तपाईको मत