बजार संक्षेप

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

  नागरिक   2019-12-13

काठमाडौं– अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका छन् ।
चक्रपथ, महराजगन्जस्थित हलेशी डेकोरमा कम्पनीले इर्गाेनोमिक्स कुर्सीको अनुभव तथा बिक्री केन्द्र स्थापित गर्दै उक्त ब्रान्ड नेपाल भित्र्याएको छ ।
घर, अफिस तथा अन्य प्रयोजनका लागि ४० भन्दा बढी डिजाइनका भिबोन इर्गाेनोमिक्स कुर्सीको अनुभव अब नेपालमा यस कम्पनीले उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

यसमा तपाईको मत