बजार संक्षेप

सिजीको ‘खुसीको साँचो’ योजना

  नागरिक   2020-02-12

काठमाडौं– नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक बिक्रेता सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत सुजुकीका नयाँ ग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निःशुल्क बिमाको सुविधा पाउन सक्ने कम्पनी जनाएको छ । 
यो अफर नेपालमा रहेका सुजुकीका सबै डिलर उपलब्ध रहेको पनि कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सबैभन्दा बढी प्रडक्ट रेन्ज रहेको सुजुकीले हाल नेपालमा एस–प्रेसो, सेलेरियो, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, एस–क्रस, इर्टिगा, एक्सएल६, इको भ्यान, इको कार्गो र सुपर क्यारी बिक्री गर्दै आएको छ ।

यसमा तपाईको मत