बजार संक्षेप

सिजीले ल्यायो चाडपर्वलक्षित योजना

  नागरिक   2019-09-06

काठमाडौं– सिजीले ‘सिजीसँग उत्साह उमंग, थाइल्यान्ड जाउँ परिवारसँग’ नाम दिएर प्रवद्र्धन योजना योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सिजी ब्रान्डको प्रत्येक होम अप्लायन्सको खरिदमा थुप्रै आकर्षक स्योर सट उपहार प्राप्त गर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै प्रत्येक टिभी र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशतसम्म क्यासब्याक पाउन सकिने कम्पनीले जनाएको छ । लक्की ड्रमार्फत पाँच भाग्यशाली जोडीलाई थाइल्यान्ड घुम्ने अवसर मिल्ने कम्पनीले जनाएको छ । 
योजना भाद्र २० गतेदेखि सीमित अवधिको लागि देशभर लागू हुने कम्पनीले जनाएको छ ।
 

यसमा तपाईको मत