बजार संक्षेप

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

    2019-07-19

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

शुक्रबार चेम्बरको सचिवालय काठमाडौंमा आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले संयुक्त रुपमा अनलाईन प्रणालीको शुभारम्भ गरेका हुन् । साथै यो प्रणाली भाद्र १ गतेदेखि पूर्ण रुपमा लागू  हुने जानकारी गराइएको छ ।

अनलाइन प्रणालीको सुरुवातले निकासी प्रर्बद्धनको क्षेत्र डिजिटल युगमा प्रवेश गरेको छ । अनलाइन प्रणालीको प्रयोगले निकासी व्यापार सहज, सरल, छिटो र झन्झटमुक्त हुने अपेक्षा गरिएको छ । साथै निकासीको महत्वपूर्ण दस्ताबेज भएकोले निकासी हुने सामान कति मूल्यमा कुन अवधिमा निकासी भयो भन्ने विषयको अनुगमन गर्न सजिलो हुनेछ ।

कार्यक्रममा बोल्दै वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले उत्पत्तिको प्रमाणपत्र जारी गर्दा सो नियमनमा बसी जारी हुने आशा एवं विश्वास व्यक्त गरे । उनले भने ‘नेपाल राष्ट्र बैंक, भन्सार विभाग, वाणिज्य बैंक सबै निकासीको क्षेत्रमा डिजिटल युुगमा प्रवेश गरिसकेको सन्र्दभ र युन ईस्क्याप र विश्व व्यापार संगठनले समेत पेपर लेस व्यापारमा आउन अभिप्रेरित गरेको सन्र्दभमा यस व्यवस्थाले ठूलो महत्व राख्ने छ ।

यस्तै, चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले अवलम्बन गरेको डिजिटल इकोनोमि डिजिटल नेपालको अवधारणा अनुरुप नै विदेशी व्यापार जस्तो अत्यन्तै गतिशील क्षेत्रमा अनलाईन सर्टिफिकेट अफ ओरिजिलनको सफ्ट लञ्च हुनु समय सान्र्दभिक रहेको बताए । उनले भने ‘मुलुकको निकासी अभिवृद्धि गर्न र व्यापार घाटा घटाउन कागजातकोे संख्या बढी भयो भन्ने सन्दर्भमा यो अत्यन्तै सकारात्मक भएको र यसबाट लागत घट्ने र समयको बचत भई प्रभावकारितामा वृद्धि हुने छ ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक, चेम्बरका पदाधिकारीहरु, निकासीकर्ताहरु र सरोकारवालाहरुको उपस्थिती रहेको थियो।

यसमा तपाईको मत