बजार संक्षेप

नेपाल क्लियरिङ हाउसलाई सर्टिफिकेट अफ मेरिट

  नागरिक   2019-11-07

काठमाडौं– नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)लाई एसएएफए बेस्ट प्रिजेन्ट एनुअल रिपोर्ट अवार्ड अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिने भएको छ । 
दक्षिण एसियाली राष्ट्रबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा साउथ एसियन फेडरेसन अफ एकाउन्टेट समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
एसएएफएले सो अवार्ड ढाका, बंगलादेशमा ३० नोभेम्बर, २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण गर्ने जनाइएको छ ।
यसअघि एनसिएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले इन्सच्यिुट अफ चार्टर्ड एकाउन्टेन्टस अफ नेपाल (आइक्यान) द्वारा सञ्चालित बिपिए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो । 
एनसीएचएलले भुक्तानीतथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तिय डिस्क्लोजर तथा पारदर्शिताप्रति प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ । 
 

यसमा तपाईको मत