बजार संक्षेप

प्रुडेन्सियल इन्स्योरेन्सको सिइओद्धारा राजीनामा

  नागरिक   2021-10-21

प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) वीरकृष्ण महर्जनको राजीनामा स्वीकृत भएको छ।  कम्पनी सञ्चालक समितिको कार्तिक ३ गते बसेको बैठकले महर्जनको राजीनामा स्वीकृत गरेको हो ।

सिईओ महर्जनले दिएको राजीनामा कार्तिक ५ गते देखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।
यस्तै सञ्चालक समितिको सोहि बैठकले कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावललाई कार्तिक ७ गते देखि लागू हुने गरी कार्यबाहक सिईओको जिम्मेवारी दिएको छ ।

यसमा तपाईको मत