बजार संक्षेप

सहज बन्दै सेञ्चुरी कमर्सियल बैंक

  नागरिक   2021-09-17

सेञ्चुरी कमर्सियल बैंकले मोबाईल बंंकिङ एप सेञ्चुरी पे बाट अनलाइन आन्तरिक रेमिटान्स सेवा पनि प्रदान गर्ने भएको छ।
यसअन्तर्गत बैंकले सेञ्चुरी रेमिट मोबाइल बैंकिङ एपमा थप गरिएको छ।

यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकले आन्तरिक विप्रेशण सोझै मोबाइल एपबाट पठाउन सक्नेछन्। आन्तरिक रेमिटान्स रकम पठाउँदा मोबाइल एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सिधै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सकिनेछ। यसका साथै मोबाइल बैंकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेशण कार्य गर्न सकिनेछ। 

साथै यस सुविधा अन्र्तगत ग्राहकले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलय र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्ट मार्फत रेमिटान्स रकम संकलन गर्न सक्नेछन्।

यसमा तपाईको मत