बजार संक्षेप

सेञ्चुरी बैंकले थप्यो एक्सटेन्सन काउन्टर

    2019-07-26

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले बूढानीलकण्ठ नगरपालिकाको कपनमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र सोही वडाका अध्यक्ष राजु अधिकारीले गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले उपत्यकामा १३ शाखा र सात एक्सटेन्सन काउन्टर, उपत्यकाबाहिर एक सय शाखा, दुई एक्सटेन्सन काउन्टर र १३ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।
 

यसमा तपाईको मत