बजार संक्षेप

सेञ्चुरी बैंकद्धारा नेपाल आखाँदान समाजलाई सहयोग

    2019-07-25

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावस्यक भौतिक सामाग्रीहरु उपलब्ध गराएको छ। ‘आखाँदान महादान’ भन्ने विश्व व्यापी नारालाई आत्मसात गरि सामाजिक कार्यमा स्वयंसेवा भावनाबाट प्रेरित भई आखाँको नानी (cornea) को कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्य अनुरुप स्थापित नेपाल आखाँदान समाजलाई आखाँ स्वास्थय सम्बन्धी जनचेतना मुलक अभिमुखिकरण कार्यक्रम सञ्चालनको लागि अत्यावस्यक भौतिक सामाग्रीहरु बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल आखाँदान समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गरेको कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख छ। सो हस्तान्तरण कार्यक्रमा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिती रहेको जनाएको छ। 

यसमा तपाईको मत