बजार संक्षेप

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

  नागरिक   2019-09-16

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । 
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जिल्लाको बनेपा नगरपालिका, वडा नं ९ मा रहेको आदर्श बाल विकास केन्द्रका बौद्धिक रुपमा अशक्त ४५ विद्यार्थीलाई राष्ट्रिय बाल दिवसको अवसरमा पोसाक वितरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
उक्त शाखाका शाखा प्रमुख सुकेश शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार मुल्मीलाई पोसाक हस्तान्तरण गरेको जनाइएको छ । कार्यक्रममा बनेपा नगरपालिका–९ का वडाअध्यक्ष शेरबहादुर सुवाल प्रमुख अतिथि थिए । 


 

यसमा तपाईको मत