बजार संक्षेप

सेलपे सेवा संचालनमा

    2019-07-31

काठमाडौँ- नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले सेलपे सेवा संचालनमा ल्याएको छ। सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट विना कुनै वालेट बनाई आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ र सेलपे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेखित छ।

विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल,
रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण,
स्वदेश भित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, P2G, B2P, B2B, B2G आदि वास्तविक समय
(Real Time) मा कार्य गर्ने सेवा प्रदायक कम्पनीको रुपमा स्थापित सेलकम प्राइभेट लिमिटेडले
नेपाली उपभोक्तालाई लक्षित गर्दै भुक्तानी सेवा “सेलपे” (CellPay) को सुरुवात गरेको उक्त प्रेस बिज्ञप्तिमा जानकारी दिइएको छ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल
तथा मितव्ययी सेवा हो । सेलपे मार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब
कुनै ग्राहकले कुनै पनि भुक्तानीकालागि अनुरोध सम्प्रेषण गर्छ त्यतिबेला तुरुन्तै निजको बैंकको खातामा
संचित रकमबाट निर्देष भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो निजको
बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु
सेलपे सेवाको मुख्य विशेषता हो।


 

यसमा तपाईको मत