बजार संक्षेप

सेलपे सेवाको कारोबार सीमा बढ्यो

  नागरिक   2020-01-13

काठमाडौं– भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवालेनेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिमआफ्नो मासिक कारोबारको सीमा तोकेको जनाएको छ ।
नेपालराष्ट्र बैंकद्वारा प्रकाशितभुक्तानी प्रणालीसम्बन्धीएकीकृत निर्देशन २०७६ बमोजिम ग्राहकले सेलपे मार्फत सर्वसाधारणबाट सर्वसाधारणमा रकम स्थानान्तरण गर्दा एकपटकमा २५ हजार रुपैयाँ, दैनिक एक लाख रुपैयाँ र मासिक पाँच लाख रुपैयाँसम्म गर्न सक्ने कम्पनीले जनाएको छ ।
सेलपे सेवा मोबाइलतथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा रहेको कम्पनीको दाबी छ । वास्तविक समयमा भुक्तानी, बिनावालेट कारोबार गर्न सकिने, सुरक्षित,लोयाल्टी पोइन्टसपाइने जस्ता सुविधा रहेको सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महसुलभुक्तानी, विभिन्नपसल, रेस्टुरेन्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने रकम ट्रान्सफर लगायत सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

यसमा तपाईको मत