बजार संक्षेप

नेपाली टोपी दिवस मनाइदै

  नागरिक   2019-12-30

काठमाडौँ- “सातौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” मनाउने भएको छ। नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य, सो दिनलाई नेपाली टोपी दिवसको रुपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई बिश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु रहेको जानकारी आयोजकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
यस अभियानलाई थप ब्यापक र ब्यबस्थित बनाउने उद्देश्यले यस अभियानका संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेको पहलमा गैर नाफामुलक “नेपाली टोपी प्रतिष्ठान” नामक संस्था गठन भैसकेको उक्त जारी प्रेस बिज्ञप्तिमा जनाएको छ । साथै नेपाली टोपी प्रतिष्ठानका सल्लाहकार तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत श्री नवराज पोखरेल को विशेष पहलमा, हाल सम्ममा ३९ देशमा समेत नेपाली टोपी प्रतिष्ठानका शाखा गठन भैसकेका छन्  र थप गठन हुने प्रक्रियामा रहेको कुरा उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाली टोपी दिवसले नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ-आफ्नो धर्म जाति र संस्कृती अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मान्दछ। यस अवसरमा बिश्वभर छरिएर बसेका सम्पुर्ण नेपाली तथा नेपलीमुलका सबै नागरिकहलाई यहि पौष १६ गते ९जनवरी १ तारिख, २०२०० का दिन आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपीलाई व्यापकरुपमा स्थापित गराउन सहयोग हुने आयोजकले उक्त जारी प्रेस बिज्ञप्तिमा जनाएको छ।
साथै नेपाली टोपी प्रतिष्ठानका नेपाल स्थित, जिल्ला शाखा एवं नेपाली टोपी प्रतिष्ठानका ३९ देशमा रहेका सबै अन्तर्राष्ट्रिय शाखाहरुलाई, संबन्धित अधिकार प्राप्त निकायसंग समन्वय र अनुमति प्राप्त गरि, सातौँ अन्तराष्ट्रिय नेपाली टोपी दिवस बिभिन्न कायक्रम आयोजना गरि मनाउनु आयोजकले बिशेष अनुरोध गरेको जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ। 
 

यसमा तपाईको मत