बजार संक्षेप

निगमलाई क्याट २ अथोराइजेशन

  नागरिक   2019-12-23

काठमाडौं– नेपाल वायुसेवा निगमद्वारा संचालित ए३२०/३३० को रिडुज्ड भर्टिकल सेपेरशन मिनिमा तथा इलेक्ट्रिक फ्लाईट ब्याग नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएको छ ।  हालै ए३२० को अपरेशन्स स्पेसिफिकेसनमा स्टाण्डर्ड क्याटोगोरी २ एप्रोभल तथा ए३२० रिडुज्ड नेभिगेसन पर्फमेन्स – एथोराईजेशन रिक्वायर्ड अपरेशन्सको इन्ट्रिम एथोराईजेशन पनि निगमलाई प्राप्त भएको हो ।
साधारणतया विमानहरु इन्ट्रमेन्ट ल्याण्डीङ सिस्टम क्याटोगोरी १ मा अवतरण गर्ने गर्दछन् । जस अनुसार जहाज अवतरण गर्नको लागि पाइलटले कम्तीमा दुई सय फिट एभोब ग्राउण्ड लेभल मा ल्याण्ड गर्ने वा गो एराउण्ड गर्ने निर्णय लिनुपर्ने हुन्छ र सोही आप्रोन गर्न पाँच सय ५० मिटर भिजिविलिटिको आवश्यकता पर्ने कम्पनीको भनाई छ  । तर क्याट २ अथोराइजेशन प्राप्त गरे पश्चात निर्णय गर्ने उचाई एक सय फिटमा घट्ने छ । यसले गर्दा कम भिजिबिलिटी मा पनि जहाज अवतरण गर्न सकिने छ ।
प्राधिकरणको स्वीकृति हालसालै प्राप्त भएको हुनाले काठमाडौंको हकमा च्ल्ए – ब्च् तथा अन्य अन्तर्राष्ट्रिय उडानमा सिएटी दोस्रो आएएलएसको उपयोग गर्दै निगमको उडान अझै बढी नियमित तथा समयमा नै संचालन हुने अपेक्षा गरिएको छ  । खराव मौसमको प्रभावबाट हुन सक्ने उडान रद्द होल्डिङ र डाइभर्सन जस्ता अप्ठयारा न्यूनीकरण गर्न उक्त स्विकृतीले मदत पुग्ने भएको छ । यस्तै निगमको ए३३० जहाजको सिएटि दोस्रो तथा आरएनपी– एआर एप्रोभल पनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यस प्रक्रिया निकट भविष्यमा नै सम्पन्न गरी ए३३० जहाजको उडानलाई समेत अझै नियमित र प्रभावकारी रुपमा संचालन गर्ने योजना अनुसार काम भइरहेको निगमले जानकारी गराएको छ । 

यसमा तपाईको मत