बजार संक्षेप

काल्र्सबर्ग गल्फ सिरिज् २०१९ को दोश्रो सिरिज्को उत्कृष्ट समाप्ति

    2019-08-19

काठमाडौं- काल्र्सबर्ग गल्फ सिरिज् २०१९ को दोश्रो लेग् अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको दोश्रो सिरिज् भव्यरुपमा समापन भएको छ। तिन वटा सिरिज् मध्येको पहिलो सिरिज्मा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका प्रदान गरिएको जानकारी कम्पनीको प्रेस बिज्ञप्तिमा उल्लेख छ। 

यो सिरिज् ¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फर्म्याटमा खेलिएको थियो नेट बिजेता भरत बस्ताकोटीले ३८ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर नेट विजेता भएका छन् भने टासी छिरिङ्ग डङ्ग ले  ३६ ग्रस अंक प्राप्त गरी दोश्रो सिरिज्को ग्रस च्याम्पीयन बन्न सफल भएका छन्।  राजेन्द्र श्रेष्ठ ३७ अंक काउन्ट ब्याकका साथ नेट उप–विजेता र एनजे रायमाझी ग्रस ३७ अंक काउन्ट ब्याकका साथ ग्रस विधामा नेट उप–विजेता बने  ३७ अंक काउन्ट ब्याग साथ  आश्रिया बानु महिला तर्फका विजेता बन्न सफल भएकी छिन् भने  ३७ अंकका साथ कश्मीरा शाह उप विजेता भएकी छिन। यसै गरी ६० वर्ष र त्यसभन्दा माथिका सहभागीहरुका सिनियर विधामा  ३६ अंकका साथ दिलिप रायमाझी काउन्ट विजेता भए भने ३५ अंक काउन्ट ब्यागका साथ एनबी रावल उप विजेता बन्न सफल भएको जानकारी उक्त प्रेस बिज्ञप्तिमा दिइएको छ।

४ बर्डिजका साथ तेन्जीङ्ख छिरिङ्खले मष्ट बर्डिजका उपाधि जिते ।  दाबा जे शेर्पा र आर एम श्रेष्ठले भने क्रमशः लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जितेको जनाएको छ।  

सेकेन्ड सिरिजमामा भरत बस्ताकोटीले नेट क्याटगोरीमा १ सय ५० अंकले लिड गरिरहेका छन् भने टासी छिरिङ्ग डोङ्ख १ सय ५ ले दोस्रो स्थानमा छन् । अजय बी शाह, १०० अंकले तेस्रो स्थानमा, एनजे रायमाझी ७५ अंकले चौथो र श्याम सिम्खडा ७० अंकले पाचौं स्थानमा छन् ।

ग्रस सेक्सनमा  १ सय ५० अंकका साथ टासी छिरिङ्ग डङ्ग लिडरबोर्डको टपमा छन् । यसै गरी  एन जे रायमाझी  १०५ अंकका साथ दोश्रो स्थानमा छन् भने १०० अंकका साथ पृथ्बी मल्ल र सुरेंद्र फुयाल तेस्रो स्थानमा छन् । 

¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फर्म्याटमा खेलिएको यस प्रतियोगितामा १८ वटा  होल्स थिए र ८४ गल्फर सहभागी भएका जानकारी दिइएको छ। 

दीपक आचार्य, गोकर्ण फरेष्ट रिसर्टका प्रमुख गल्फ निर्देशकका अनुसार, “काल्र्सबर्ग गल्फ सिरिज् उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिसर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ ।” उनले बताएको उक्त प्रेस बिज्ञप्तिमा जनाइएको छ।

यसमा तपाईको मत