बजार संक्षेप

कार्गाे भ्यान नेपाली बजारमा

    2019-08-12

काठमाडौं– नेपालमा सुजुकी मोटर्सको आधिकारिक वितरक सिजी होल्डिङ्सले इको भ्यानको सफलतापछि कार्गाे भर्सन नेपाली बजारमा प्रस्तुत गरेको छ । 
यसमा भएको ठूलो क्याबिन स्पेस, उच्चतम भारवहन क्षमता तथा अझ बढी स्थिरताको लागि प्ल्याट बेड जस्ता विशेषता यसमा विद्यमान छन्, जसले गर्दा ट्रान्जिटको बेला हुने क्षति कम गर्न मद्दत पुग्छ ।
कारको जस्तै सिट भएको हुँदा चालकलाई गाडी चलाउन अझै सहज हुने कम्पनीले जनाएको छ । 
भारवहन क्षमतालाई १.२ को इन्जिनद्वारा सञ्चालित गरी परीक्षण गर्दा सहजै ६ सय २० केजी ढुवानी गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बलियो लोड डिस्पे्रसिङ च्यासिस, ड्राइभर र प्यासेन्जर्सको लागि सिट बेल्ट रिमान्डर तथा रिभर्स पार्किङ सेन्सर जस्ता सुविधाहरु यसमा रहेका छन् । यसले २० किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्ने हुँदा वास्तवमै यो नाफा प्रदान गर्ने गाडीका रुपमा रहने कम्पनीको दाबी छ ।
नेपालका सडकमा इको कार्गाे आफ्नो गतिशीलता प्रदर्शन मात्र गर्ने नगरेर अद्वितीय फिचर, ठूलो कार्गो एवं सहज सञ्चालन जस्ता तथा चलाउन सहज जस्ता सुविधा पनि सहजै प्रदान गर्ने सिजी मोटोकर्पका प्रमुख कार्यकारी अधिकृत करण चौधरीको भनाइ छ । भ्यानको नेपाली बजार मूल्य १२ लाख ९९ हजार रहेको जनाइएको छ ।
 

यसमा तपाईको मत