बजार संक्षेप

अलैंची र अदुवाखेती तालिम

  नागरिक   2019-11-03

काठमाडौं– लक्ष्मी लघुवित्त वित्तीय संस्थाले प्रदेश १ अन्तर्गतका आफ्ना शाखाबाट अदुवा तथा अलैंची खेतीसम्बन्धी तालिम दिएको छ । संस्थाको इलाममा रहेको बिब्ल्याँटे, नयाँबजार र मंगलबारे शाखा र पाँचथरमा रहेको राँके शाखामा आवद्ध ग्राहकलाई उक्त तालिम प्रदान गरिएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साउन २५ देखि कात्तिक ८ गतेसम्म विभिन्न समयमा सञ्चालन भएको उक्त तालिममा व्यवसायउन्मुख एक हजार दुई सय ८० जनाको सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ । ग्रामीण भेगमा छरिएर रहेका स–साना कृषकलाई अगुवा कृषकको माध्यमबाट व्यावसायिक रुपमा अलैंची र अदुवाको खेतीतर्फ अग्रसर गर्न तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।

यसमा तपाईको मत