बजार संक्षेप

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

  नागरिक   2019-11-13

काठमाडौं– कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर बहादुर गुरुङलाई बम्पर उपहार टाटा टियागो गाडी हस्तान्तरण गरेको छ। बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजित कार्यक्रममा आज विजेतालाई गाडीको साचो हस्तान्तरण गरेका जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाएको छ। 
यो क्याम्पेनमा प्रत्येक घण्टा (हावर्ली) लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए । कोका–कोलाको यो अभियान देशभरका कोक उपभोक्तासम्म पुग्दै ठुलो सफलता हासिल गर्यो र नेपालका विभिन्न शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, विरगञ्ज लगायतको स्थानबाट उपभोक्ताहरु विजेता भएको जनाएको छ।
बम्पर लक्की ड्र का विजेता अम्बर बहादुर गुरुङले “म लाखौं सहभागी मध्य टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुसी छु । यो मेरो पहिलो गाडी हो । यस्तो अभियान ल्याएकोमा म कोका–कोला नेपाल प्रति आभार प्रकट गर्दछु ।”

यसमा तपाईको मत