बजार संक्षेप

क्यानभासमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    2019-07-30

काठमाडौं– क्यानभास इन्टरनेसनल कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थी लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइला र लोक गायक बद्रि पंगेनीलाई राष्ट्रप्रति योगदान पुर्याइएको भन्दै अभिनन्दन तथा सम्मान गरिएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अभिनन्दित व्यक्तित्वलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति उपेन्द्रप्रसाद कोइरालाले अभिनन्दनपत्र प्रदान गरेका थिए । 
कार्यक्रममा कामनपा वडा नम्बर ३ का वडाध्यक्ष दीपक केसीलाई शिक्षा क्षेत्रमा गरेको योगदानको कदरस्वरुप सम्मान गरिएको जनाइएको छ । कार्यक्रममा विद्यार्थीका आगामी दिनहरू कसरी लैजानुपर्छ र उद्देश्य प्राप्तिमा विद्यार्थीले कस्तो व्यवहार आजैबाट सिक्नुपर्छ भन्ने जानकारी दिइएको उल्लेख छ । त्यस्तै, विद्यार्थीले साथीभाई, अग्रज, गुरु र अभिभावकसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको प्रशिक्षण दिइएको जनाइएको छ ।
 

यसमा तपाईको मत