बजार संक्षेप

टाटाका गाडी किन्दा अफर नै अफर

  नागरिक   2019-08-27

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो सो २०१९ मा टाटा मोटर्सका गाडी खरिद गर्ने ग्राहकका लागि विशेष अफर ल्याएको छ । 
उक्त सोमा टाटा एच फाइभ, टाटा एनआरजी, टाटा टिगोर, टाटा टियागो र टाटा नेक्सन बिक्रीमा रहने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले उक्त सोमार्फत टाटा एच फाइभ पहिलोपटक नेपाली बजारमा सार्वजनिक हुने जनाएको छ ।
टाटाका जुनसुकै गाडी किन्ने ग्राहकले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार जित्ने तथा लक्की ड्रमा समेत सहभागी हुन पाउने बताइएको छ । 
टाटाका जुनसुकै गाडीहरु बुकिङ गर्ने प्रत्येक ग्राहकले विदेश भ्रमणमा एक जोडीका लागि दुबई भ्रमणका साथमा बुर्ज अल अरबमा डिनर तथा वाटर प्लेन फ्लाइटको मजा लिन पाउनेछन् वा एक वर्ष बराबरको सडक कर छुटका साथमा आकर्षक नगद छुट प्राप्त गर्नेछन् । त्यस्तै स्योर सट पुरस्कारअन्तर्गत टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले बुकिङ गरेपछि तथा नाडा अटो सोमा गाडी डेलिभरी गर्ने बेलामा आइफोन एक्स आर फोन प्राप्त गर्न सक्ने उल्लेख छ । गाडी बुकिङ गर्ने ग्राहकमध्ये लक्की ड्रमार्फत एकजनाले ५५ इन्चको स्काइवर्थ स्मार्ट टेलिभिजन प्रदान गरिने जनाइएको छ ।
 

यसमा तपाईको मत