बजार संक्षेप

लोत्से मलको पसल किन्नेले गाडी जित्न सक्ने

    2019-07-12

काठमाडौं– काठमाडौंको गोंगबु बसपार्कभित्र सुविधासम्पन्न लोत्से मल सञ्चालनमा आउने भएको छ ।
एउटै छानामुनि दुई सिनेमाहल, दुई ब्यांक्वेट हल, रेस्टुरेन्ट–फुड कोर्ट र पाकिङ सुविधासहित दसैंअघि नै उक्त मल सञ्चालनमा आउने जनाइएको छ ।
अधिकांश पसल बिक्री भइसकेको मलमा ८० पसल बिक्री हुन बाँकी रहेको प्रवद्र्धकको भनाइ छ । पसल किन्दा २७ वर्षको लिज अवधि रहने र ५० प्रतिशतको बैंक फाइनाइन्सको सुविधा रहने जनाइएको छ ।
उक्त मलमा बाँकी रहेका ८० पसल खरिद गर्नेमध्येबाट तीनजना भाग्यशाली विजेतालाई उपहारस्वरूप सुजुकीको भितारा, स्विफ्ट र वागन आर कार प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ । 
 

यसमा तपाईको मत