बजार संक्षेप

व्यवसाय सम्मेलन भदौ १९ र २० मा

    2019-08-27

काठमाडौं– नेपालमा व्यावसायिक सामाजिक उत्तरदायित्व एवं असल व्यावसायिक अभ्यासको प्रवद्र्धन गर्न भदौ १९ र २० गते तेस्रो जिम्मेवार सम्मेलन आयोजना हुने भएको छ ।
राष्ट्रिय व्यावसायिक पहलले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा उक्त सम्मेलन आयोजना गर्न लागेको विज्ञप्तिमा उल्लेख छ । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले उक्त सम्मेलनको उद्घाटन गर्ने बताइएको छ । 
सम्मेलनले दिगो विकास लक्ष्य अनुकूल हुने गरी व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गर्न नेपाली उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै व्यावसायिक सामाजिक उत्तरदायित्वसम्बन्धी कानुन कार्यान्वयन गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।
 

यसमा तपाईको मत