बजार संक्षेप

अब नेपालमै बडवाइजर र फोस्टर्स बियरको उत्पादन

    2019-08-04

काठमाडौँ- राज ब्रुअरी प्रा.लि.र विश्व प्रसिद्ध बियर निर्माता एन्ह्युजर–बुस इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्राण्डहरुको उत्पादन र विक्री वितरण गर्नेे सम्बन्धमा एक खास साझेदार सहकार्यको सम्झौता भएको जानकारी कम्पनिद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबि इनबेभ ग्लोबल र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी हो।

ब्रुअरीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्राण्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आइरहेको छ, जुन बियरलाई नेपालका बियर प्रेमीहरुले अत्यन्त कम समयमा नै अभिन्न हिस्सा बनाएका छन्। अब, यस क्षेत्रले चाँडै नै एबि इनबेभका स्थानीय रुपमै उत्पादन गरिएका केही ख्यातिप्राप्त ब्राण्डहरु जस्तैः बडवाइजर, बडवाइजर  म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरका साथसाथै आयात गरिएका एबि इनबेभको आफ्नै विश्वव्यापी उत्पादनहरु कोरोना एक्स्ट्रा, लेफ, होगार्डेन र स्टेला अर्टोइजको अतुल्य स्वादको आनन्द लिन सकिने प्रेस बिज्ञप्तिमा उल्लेख छ।  

राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको एक सदस्य प्रतिष्ठान हो, जुन समुहले नेपालमा बहुसंख्यक डिष्टिलरीहरु, अनुसन्धान र विकास एवं वितरण इकाइहरुसहितको एक ब्रुअरीका साथ मदिरा–वेभरेज व्यवसायमा  अनवरत रुपमा बजारमा मुख्य आधिपत्य कायम गर्दै आएको जानकारी दिइएको छ। 

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक श्री राज बहादुर शाहले भने "हामी हाम्रा उपभोक्ताहरुलाई विश्व मै उत्कृष्ट मानिएका बियरहरुको अतुलनीय छनौट प्रदान गर्दै सर्वोत्कृष्ट श्रेणीका ब्राण्डहरुको सूची कायम गर्न कटिबद्ध छौं । एबि इनबेभसँगको यो सहकार्य हाम्रो लागि अत्यन्त गर्वको विषय हो र यसले हामीलाई बजारमा हाम्रो व्यापारिक पदचिन्हलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने ठानेको" उनले बताए।


 

यसमा तपाईको मत