बजार संक्षेप

बुधबारदेखि साहस उर्जा लिमिटेडको आइपिओ निष्काशन हुने

  नागरिक   2021-09-20

साहस उर्जा लिमिटेडको ७० लाख कित्ता आइपिओ  असोज ६ गते निष्काशन हुने भएको छ। कम्पनीले  बुधबारदेखि ७० लाख कित्ता बराबरको आइपिओ निष्काशन गर्ने भएको हो।

जसमध्ये कम्पनीले ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी बसेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणले आवेदन गर्न पाउनेछन्।

प्रतिकित्ता एक सय रुपैयाँ पर्ने उक्त आइपिओ छिटो मिति असोज १० गते र ढिलो मिति असोज २० गतेसम्म बिक्रीमा रहनेछ ।कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यसमा तपाईको मत