बजार संक्षेप

बृज सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

    2019-08-13

काठमाडौं– बृज सिमेन्ट इन्डस्ट्रिजले सुन्दरीजलदेखि पशुपतिनाथसम्मका आठ स्थानमा बोलबमका भक्तजनलाई स्वास्थ्य शिविर, निःशुल्क खानेपानी तथा फलफूल सेवा प्रदान गरेको छ ।
लायन्स एन्ड लियो क्लब अफ काठमाडौं चाबहिल, नेपाल भारत मैत्री अस्पताल, काठमाडौं बृज सिमेन्टको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
साउनको अन्तिम सोमबारको अवसरमा पशुपति दर्शन गर्ने भक्तजनलाई एक सय ५० स्वयंसेवकद्वारा सेवा प्रदान गरिएको हो ।
साथै, पशुपतिनाथ प्रांगणमा निःशुल्क स्वस्थ्य परिक्षणसमेत गरिएको उल्लेख छ । स्वास्थ्य शिविरमा आँखा, दाँत र जनरल चेकअप र रक्तचापको समेत परीक्षण गरिएको उल्लेख छ । उक्त । उक्त शिविरमा करिब दुई हजार धर्मावलम्बीले सेवा लिएका छन् । 
 

यसमा तपाईको मत