बजार संक्षेप

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

  नागरिक   2020-01-27

काठमाडौं– गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । 
प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हन्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ च्यालेन्ज, मोडल कम्पिटिसन, ओलम्पियाड गरी नौ विधामा विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।
प्रर्दशनीमा नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यलगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता रहेको जनाएको छ । प्रदर्शनी समापनका अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सेल्स म्यानेजर सुरेश जयसवालले ट्रफी प्रदान गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 


 

यसमा तपाईको मत