बजार संक्षेप

ब्रेथ क्लिन–अनमास्क नेपाल

  नागरिक   2020-01-08

काठमाडौं– जगदम्बा स्पोर्टस प्रालि अन्तर्गत पोखरा राइनोज टिमको तर्फबाट पोखराको लेक साइडमा वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रम टिभिएस तथा वातावरणसम्बन्धी संस्थाको सहकार्यमा सम्पन्न भएको हो ।  
उक्त कार्यक्रममा प्रत्येक अवलोकनकर्तालाई वातावरण प्रवद्र्धनमा मेरो साथ र न्यूनीकरण गर्न हस्ताक्षर संकलन गरी सम्बन्धित वातावरण सरोकार समितिलाई हस्तान्तरण गर्ने, वातावरण प्रदूषणबाट बच्ने उपाय र आगामी कार्यक्रममा म्याराथन, रातको समयमा ओपन मुभी नाइट, ¥याली र वृक्षरोपण कार्यक्रमबारे जानकारी गराइएको थियोे । 
इपिएल क्रिकेटलाई प्रवद्र्धन गर्ने हितले क्रिकेटसम्बन्धी विभिन्न खेल सामग्रीलाई पनि जगदम्बा स्पोर्टसले उक्त महोत्सवमा स्टल राखी खेलकूद पर्यटन प्रवद्र्धन गर्न सफल भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

यसमा तपाईको मत