बजार संक्षेप

शृंखला बज्र ग्रुपको ब्रान्डदूत

  नागरिक   2019-12-02

काठमाडौं– बज्र ग्रुपले पूर्वमिस नेपाल शृंखला खतिवडालाई एक वर्षको लागि आफ्नो ब्रान्डदूत नियुक्त गरेको छ । 
खतिवडाले सन् २०१८ को विश्वसुन्दरी प्रतियोगितामा संसारभर विशेष प्रभाव पारेको तथा पेसाले आर्किटेक्ट रहेकाले बाथरुम र निर्माण सामग्री उत्पादन गर्ने सेनेटरी व्यवसायसँग सम्बन्धित रहेको हुँदा ब्रान्डदूत नियुक्त गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 
कम्पनीले विगत २८ वर्षदेखि विविध प्रकारका सेनेटरी उत्पादन वितरण गर्दै आएको जनाउँदै बाथरुमका सामान, सेरामिक टाइल्स, फ्लोर लेमिनेट्स, लाभाटोरिज, सुट, निर्माण सामग्री र इसेम्बल्सलगायत सेनेटरी बजारमा ८० प्रतिशत अंश ओगटेको जनाएको छ । 
 

यसमा तपाईको मत