बजार संक्षेप

बागलुङमा बिएसआर मुभिजको शाखा

  नागरिक   2019-10-24

काठमाडौं– बिसआर मुभिजले बागलुङमा शाखा विस्तार गरेको छ । गोंगबुस्थित बिजी मलमा रहेको बिएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधासहितको  मल्टिप्लेक्स  सञ्चालनमा आएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । पुरानो पूजा चलचित्र मन्दिरलाई भत्काएर बिएसआर गु्रपले धवलागिरी क्षेत्रकै पहिलो अत्याधुनिक सुविधासहित चार सय २६ सिट क्षमताको उक्त हलको उद्घाटन कलाकार नीर शाहले गरेका हुन् । 
बिहीबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आउने दुईवटा हलमध्ये औडी–१ मा दुई सय र औडी–२ मा दुई सय २६ सिटको क्षमता छ । थ्रिडी प्रविधिसहित एसी, डिजिटल सराउन्डिङ साउन्ड सिस्टम, लक्जरी सिटले चलचित्र हेर्दा नयाँ अनुभव दिने कम्पनीको दाबी छ ।
 

यसमा तपाईको मत