बजार संक्षेप

नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स

  नागरिक   2019-09-11

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एन्ड एजेन्सी फ्यालिसिटेसन प्रोग्राम २०७६’ भव्यताका साथ सम्पन्न गरेको छ ।
कम्पनीले भदौ २१ देखि २४ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रम एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालय लगायत उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गर्दै सम्पन्न गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले गरेका थिए । 
देशभरका एजेन्ट, एजेन्सी म्यानेजर, क्षेत्रीय कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालय लगायतका कर्मचारीको उपस्थिति रहेको उक्त कार्यक्रममा एजेन्ट र एजेन्सी म्यानेजरतर्फ ५०–५० जनालाई नगदसहित पुरस्कृत गरिएको कम्पनीले उल्लेख गरेको छ । त्यसैगरी, कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पनि सम्मान गरेको जनाएको छ । 
 

यसमा तपाईको मत