बजार संक्षेप

इन्फिनिटी लघुवित्तद्वारा शाखा व्यवस्थापन तालिम

  नागरिक   2019-11-25

काठमाडौं– इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालय व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सम्पन्न गरेको छ ।
उक्त तालिममा संस्थाका संस्थापक तथा बैंकिङ क्षेत्रका विज्ञ रविन नेपालले कर्जा र जोखिम व्यवस्थापनसम्बन्धी आफ्नो अनुभव कर्मचारीसँग बाँडेका थिए । त्यस्तै, बैंकिङ क्षेत्रका विज्ञ बलराम विष्टले वर्तमान समयमा सञ्चालन जोखिम र व्यवस्थापकीय सूचना प्रणालीमा आउन सक्ने जोखिमबारे शाखा प्रबन्धकलाई तालिम दिएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त अवसरमा संस्थाको प्रथम त्रैमासको समीक्षामा उत्कृष्ट हुने शाखा कार्यालयलाई पुरस्कार समेत वितरण गरिएको जनाइएको छ । हाल संस्थाले २६ जिल्लाका ४७ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ । 
 

यसमा तपाईको मत