बजार संक्षेप

प्रोग्रेसिभ फाइनान्सको शाखा विस्तार

  नागरिक   2019-11-27

काठमाडौं– प्रोग्रेसिभ फाइनान्सले दुई ठाउँमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । संस्थाले सर्लाहीको मलंगवा नगरपालिका र धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको, महेन्द्रनगरमा शाखा कार्यालय विस्तार गरेको जनाएको छ । 
मलंगवा नगरपालिका शाखाको नगर प्रमुख निरसल साह तथा क्षिरेश्वरनाथ नगरपालिका शाखाको नगर प्रमुख योगेन्द्र पञ्जियारले उद्घाटन गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल संस्थाले दुई शाखा तथा चार एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिँदै आएको जनाएको छ ।

यसमा तपाईको मत