बजार संक्षेप

सर्वोच्च विकासले १५ प्रतिशत लाभांश दिने

  नागरिक   2021-10-19

चाबहिलस्थित सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

आर्थिक वर्ष २०७७/७८ मा कुल सेयर पुँजी एक करोड ४९ लाख ९३ हजार सात सय रहेको सस्थाले कुल निक्षेप संकलन १३ करोड ४० लाख कुल कर्जा लगानी आठ करोड ७४ लाख गरी कुल आम्दानी एक करोड ७५ लाख गर्दै सञ्चालन मुनाफा २९ लाख १७ हजार बनाएको छ ।

सभा संस्थाका अध्यक्ष तुलाबहादुर बडालको सभापतित्वमा सम्पन्न भएको थियो। सहकारी विज्ञ तथा राष्ट्रिय सहकारी संघका पूर्वअध्यक्ष केशबप्रसाद बडालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सभाले सेयर सदस्यलाई १५ प्रतिशत लभांश वितरण गर्ने निर्णय गरेको छ।

सभामा प्रमुख कार्यकारी अधिकृत ब्रम्हबहादुर बजगाईंले सस्थाको वार्षिक प्रतिवेदन तथा गतिविधिबारे जानकारी गराएको संस्थाको विज्ञप्तिमा उल्लेख छ। 

यसमा तपाईको मत