बजार संक्षेप

सिद्धार्थ बैंकमा रक्तदान कार्यक्रम

  नागरिक   2020-01-03

काठमाडौं–सिद्धार्थ बैंकले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशका विभिन्न १० स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विराटनगर, दमक, भरतपुर, जनकपुर, हेटौडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा गरिएको रक्तदान कार्यक्रममा बैंकका उच्च व्यवस्थापन तहका कर्मचारी लगायत अधिकांश कर्मचारी, ग्राहक र सर्वसाधारणको सहभागिता रहेको जनाइएको छ । उक्त रक्तदान कार्यक्रममा चार सय ९८ जना रक्तदान गरेका छन् ।
हाल बैंकले चार एक्सटेन्सन काउन्टरसहित एक सय ७८ शाखा, एक सय एक शाखा रहित बैंकिङ सेवा, एक सय ९७ एटिएम र १६ सयभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिँदै आएको छ। 
 

यसमा तपाईको मत