बजार संक्षेप

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

  नागरिक   2020-01-20

काठमाडौँ- कान्ति बाल अस्पतालको निस्क्रिय अवस्थामा रहेको ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। उक्त सम्झैता अनुरुप काठमान्डौं जिल राउन्ड टेबल २२(राउन्ड टेबल नेपालको अंश) ले ६ जना स्वयसेवकलाई लाग्ने खर्च ब्यहोर्ने गरी उक्त सेवा पुन सञ्चालन गरिने जानकारी अस्पतालद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
रगतको सहज उपलब्धता अस्पतालको सेवा लिन आउने लाखौं बच्चाहरुकालागि महत्वपूर्ण बिषय भएकाले राउन्ड टेबल नेपालको यस कार्यले भविष्यमा नेपाली सर्वसाधरण र खास गरी बच्चाहरुलाई हित गर्ने बिश्वास लिईएको छ। यसका साथ साथै राउन्ड टेबल नेपालले अस्पतलाई थप सहयोग पुग्ने गरी नियमित रक्तदान कार्यक्रम पनि सञ्चालन गर्ने जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसमा तपाईको मत