बजार संक्षेप

मेगा बैंकबाट लुम्बिनी क्षेत्रमा ब्ल्यांकेट सहयोग

  नागरिक   2020-01-09

काठमाडौं– मेगा बैंक नेपालले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीमा ब्ल्यांकेट सहयोग गरेको छ । 
बैंकले लुम्बिनी विकास मञ्चमार्फत लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि न्यानो ब्ल्यांकेटको व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ । शीतलहरबाट प्रभावित हुने जोखिम रहेका मुसहर र नेटुवा बस्तीमा सहयोग पुग्ने उद्देश्यले एक सय ५० थान ब्ल्यांकेट सहयोग गरेको बैंकले जनाएको छ ।  
‘न्यानोको अभावमा कोही मर्न नपरोस्, आफ्नो घरमा प्रयोग नभएको कपडा खेर नफालौं’ नाराका साथ ‘निःशुल्क न्यानोपन अभियान २०७६’ सञ्चालन गरेको बैंकले जनाएको छ । बैंकको सहयोगबाट उक्त समुदायमा रहेका एक सय ५० भन्दा बढी घरधुरीका दुई सय बालबालिका लाभान्वित भएको जनाइएको छ ।
ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको बैंकले संस्थागत सामाजिक उत्तरदायित्व मार्फत विभिन्न सहकार्य एवं सहायताका साथै असहाय तथा विपन्न वर्गका बालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ । 
 

यसमा तपाईको मत