बजार संक्षेप

बजाजको दसैं अभियान सुरु

    2021-08-25

दसैंको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको छ।

बजाजले उपभोक्तालाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने, खुसीका साथ उत्सव मनाउने र ग्राहकको सुरक्षाको ग्यारेन्टी समेत गरेको जनाएको छ।

यो योजना अन्तर्गत ग्राहकले कुनै पनि बजाज मोटरसाइकल किन्नुअघि, किन्ने बेला र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्ने बताइएको छ। ग्राहकले बाइक किन्नुअघि १० हजारसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन्।

त्यस बाहेक, खरिदको क्रममा एक लाखसम्म नगद मूल्य र बम्पर अफरमा कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि एक लाख रूपैयाँको नगद पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

यसमा तपाईको मत