बजार संक्षेप

भाटभटेनीमा प्रभु बैंकको क्युआर कोड भुक्तानी सेवा सुरु

  नागरिक   2021-10-28

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने गरी भाटभटेनी सुपरमार्केटले क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ। प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा सुरु गरेको हो।

बिहीबारबाट नक्साल भाटभटेनीमा क्युआरकोड सेवा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हुन।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले सरकार र राष्ट्र बैंकको क्यास लेस अभियानलाई सहयोग गर्न आगामी दिनमा सबै आउटलेटहरुमा क्युआर भुक्तानी सेवा शुरु गर्ने बताए। उनका अनुसार क्युआर भुक्तानीलाई प्रबर्द्धन गर्न आफ्ना १० लाख मेम्बरलाई प्रोत्साहन गरिने छ ।

 

 

 

यसमा तपाईको मत