बजार संक्षेप

बेलुन उडानको बुकिङ्ग सुरु

    2019-08-21

काठमाडौँ- भ्रमणवर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर महिनादेखि सुरु हुने बेलुन नेपालका अध्यक्ष बिक्रम बाडेले जानकारी गराए ।

 गतवर्ष पर्यटकीय क्षेत्रमा नयाँ साहसिक खेलका रुपमा हट एयर बेलुन संचालनमा ल्याएको बेलुन नेपालले आगामि दिनहरुमा अझ ससक्त रुपमा नयाँ कार्यक्रम संचालन गरि नेपाललाई साहसिक खेलको गन्तव्य बनाउनेमा विस्वस्त हुँदै यो सिजनको बुकिङ पनि खुला रहेको जानकारि  पनि गराए । 

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि पर्यटन वर्ष २०२० भव्य रुपमा मनाउने उद्घघोष गरेसँगै बेलुन नेपालका संचालक दीपक श्रेष्ठले आफुहरुपनि पर्यटन वर्षको लागि अन्तर्राष्ट्रिय रुपमा बेलुन महोत्सव गराउने जानकारि गरे। बेलायतका एकसफल व्यवसायि एवंम् एनआरएन युके इण्ङल्याण्ड राज्य परिषदमा अध्यक्षमा उम्मेदद्वारि दिएका श्रेष्ठले महोत्सोवका लागि यूकेमा रहेका ब्यवसायिक पाईलटहरू संग पनि बृहत छलफल भैरहेको जानकारि सँगै पर्यटन वर्षमा मात्र नभई साहसिक रुपमा उडाइने यस खेल सकेसम्म हरेक वर्ष मनाउन सकिने तर, यसका लागि नेपाल सरकारले आवश्यक सहकार्य गरेमा आफुहरु उत्साहि भएर हरेक वर्ष एक नयाँ पर्यटकीय गन्तव्यमा आयोजना गर्न सकिने संचालक श्रेष्ठले जानबारी दिए ।
 

यसमा तपाईको मत