बजार संक्षेप

बजाज इन्ट्रा सिटीले ल्यायो ‘दिमाग डामाडोल’

    2019-08-27

काठमाडौं– बजाज थ्री ह्विलर्सको आधिकारिक वितरक हशंराज हुलाशचन्द एन्ड कम्पनीले दसैं, तिहार र छठको विशेष योजना ‘बजाज इन्ट्रा सिटी दिमाग डामाडोल’नामक क्याम्पेन सार्वजनिक गरेको छ । 
यो योजनाअन्तर्गत बजाज आरईमार्फत अधिक खुसी मिल्ने तथा ट्यागलाइन अनुसार बजाज आरईका ग्राहकले अधिक फाइदाका साथै फ्रीमा सामसङको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने सकिने जनाइएको छ ।
यस स्किममार्फत म्याक्सिमा सी र बजाज आरईका ग्राहकले कुनै पनि खरिदमा फ्रीमा ३२ इन्च सामसङ टिभी पाउनुका साथै ४० हजार किलोमिटरसम्म अथवा दुई वर्षसम्मको वारेन्टी, निःशुल्क दुई लिटरको सर्भो लुब्रिकेन्ट र एक वर्षका लागि फ्री एएमसी.पाउने छन् । साथै बजाज आरईको खरिदमा २० लाखको जीवन बिमा र पाँच लाखको स्वास्थ्य बिमा पाउने उल्लेख छ ।

यसमा तपाईको मत