बजार संक्षेप

ब्रिटिस कलेजमा बैंक अफ काठमान्डुको डिजिटल सेवा

    2021-09-19

बैंक अफ काठमान्डुले ब्रिटिस कलेज, काठमाडौंमा डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले मोबाइल बैंकिङमार्फत यस बैंकको क्युआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्न सक्नेछन्।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारका लागि रणनीतिक महत्व भएका स्थान छनोट गरी क्युआर कोड सेवा सञ्चालनमा ल्याइरहेको छ। यसै क्रममा बैंकले सम्पूर्ण हिन्दू धर्मावलम्बीका आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरपरिसर, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजार, पूर्वी नेपाल यातायात, कन्काई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित लामो तथा छोटो दुरीका बसहरू, खाद्य स्टोर तथा पसल, होटल तथा रेस्टुरेन्ट, हस्पिटल तथा अन्य महत्वपूर्ण स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको छ। 

यसमा तपाईको मत