बजार संक्षेप

बंगलादेश क्यापिटलको साधारणसभा

  नागरिक   2021-10-05

नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असारमा समाप्त भएको वर्षको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०७७/७८ को नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ।

त्यस्तै, सञ्चालक समितिबाट प्रस्ताव गरेअनुसार आव २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीलाई २०७८ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०७८/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको सर्त तोक्ने प्रस्तावसमेत पारित भएको जारी विज्ञप्तिमा उल्लेख छ।  

 

यसमा तपाईको मत